सेयरबजारमा सामान्य सुधार, सवा चार अर्ब रुपैयाँ बढी कारोबार
-आस्था न्यूज
फागुन २, २०८० काठमाडौं ।
बुधबार सेयरबजारमा सामान्य अङ्कको सुधार आउँदा कारोबार भने सवा चार अर्ब रुपैयाँ बढीको भएको छ ।
मङ्गलबार ३०.५६ अङ्कले घटेको सेयरबजार आज भने ५.९१ अङ्कले बढेर २०७६.५० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, नेपाल फाइनान्स, पाँचथर पावर र जोशी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा दोर्दी हाइड्रो र पिपल्स पावर रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत कै हाराहारीमा घट्यो ।
आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ६.५६ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.३८ प्रतिशत र अन्य समूहको परिसूचक १.०७ प्रतिशतले बढे ।
आज ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ०.३७ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक ०.२७ प्रतिशत र लगानी उपसूचक ०.१९ प्रतिशतले घट्यो ।