Trending :
 

विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन बिहीबारदेखि

फाल्गुण ०२,२०८०

-आस्था न्यूज

फागुन २, २०८० काठमाडौं ।
विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । 
 
काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ३ देखि ७ गतेसम्म सम्मेलन आयोजना हुने जानकारी दिएको हो । 
 
वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ नीति–संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दबाब सृजना गर्ने अपेक्षाका साथ सम्मेलनको आयाजना गर्न लागेको आयोजकले जनाएका छन् । 
 
काठमाडौंको भृकुटीमण्डपमा हुने सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूला साना गरी ४ सय २ वटा कार्यक्रमहरु र विश्वभरबाट ९२ देशका १ हजार २ सय ५२ वटा संस्था तथा समूहहरु स्वआयोजकका रुपमा दर्ता भएको जनाइएको छ । 
 
मञ्चले करिव ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरेको छ ।