Trending :
 

विनिमय दरः युरो र पाउण्डको भाउ एक रुपैयाँ घट्यो

फाल्गुण ०३,२०८०

-आस्था न्यूज

फागुन ३, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज युरो र पाउण्डको भाउ एक रुपैयाँ घटेको छ भने अमेरिकी डलरको भाउ बुधबारकै हाराहारी कायम छ । 
 
बिहीबार युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा कायम भएको छ भने बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । जबकि बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको थियो । 
 
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । बुधबार १६७ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो । 
 
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ भने कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।