अन्तराष्ट्रिय प्रसङ्ग
चैत्र २७,२०७३
-
२७,२०७३चैत्र,काठमाडौँ-
विमानमा १२ हजार आठ सय मिटरमाथि उडान गर्दागर्दै एक गर्भवती महिलाले बच्चा जन्माएकी छिन् ।
गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै स्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको बोइङ ७३७ को विमानले १२ हजार आठ सय मिटरमाथि उडान गर्दागर्दै विमानमा रहेकी एक गर्भवती महिलाले बच्चालाई जन्म दिएकी हुन् ।
विमानमा उड्दै गर्दा प्रसवव्यथा लागेपछि विमानमा रहेका केही यात्रुले उनलाई सहयोग गरेका थिए ।
केही यात्रुको साथमा विमानले आकाशमै नयाँ यात्रुलाई स्वागत गरेको हो।
विमान बुर्किना फासोको राजधानी वागाडुग पुगेपछि आमा र बच्चालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ।
विमानमा रहेका यात्रुले विमानमै जन्मिएकी बालिकाको नाम काडिजू राखिदिएका छन्। उनको र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ।
टर्कीस एयरलाइन्सले विज्ञप्ति सार्वजनिक गर्दै नाफी डिबी २८ महिनाकी गर्भवती भएको बताएको छ। उसको विज्ञप्तिमा भनिएको छ, ‘२८ हप्ता बढीकी गर्भवतीलाई प्रसवपीडा सुरु भएको देखेर उनलाई तत्काल सहयोग गर्नुपरेको थियो।’ एजेन्सी
प्रमुख समाचार
सम्वन्धित समाचार