Trending :
 

सर्वोत्तम सिमेन्टको आइपिओ फागुन १३ गतेदेखि खुल्ने

फाल्गुण ०३,२०८०

-आस्था न्यूज

फागुन ३, २०८० काठमाडौं ।
 
सर्वोत्तम सिमेन्टले यही फागुन १३ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । 
 
कम्पनीले धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आइपिओ निष्कासनको अनुमति पाएको थियो ।
 
यसमध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई, दुई लाख ६७ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने एक लाख ५४ हजार २२७ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने एक लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको थियो ।
 
त्यसपछि बाकिँ २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।