Trending :
 

त्रिवि निमित्त उपकुलपति भुसालको कार्यावधि थपविरुद्ध सर्वोच्चमा रिट

फाल्गुण ०३,२०८०

-आस्था न्यूज

फागुन ३, २०८० काठमाडौं। 
सरकारले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालको कार्यावधि थप गरेको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता अनु भट्टराईले बिहीबर रिट निवेदन दर्ता गराएकी हुन्।
 
त्रिभुवन विश्वविद्यालय ऐन–०४९ को  दफा २१ (क) र (ख) विपरीत प्रा।डा। भुसालको कार्यावधि थप भएको भन्दै अधिवक्ता भट्टराईले रिट दिएकी हुन्। सरकारले मिमित्त उपकुलपति प्रा.डा. भुसालको दोस्रोपटक १६ माघ कार्यावधि थप गरेको छ। जब कि उनलाई तीन महिनाका लागि भन्दै गत १७ कात्तिकमा सरकारले निमित्त उपकुलपतिमा नियुक्त गरेको थियो।