प्रहरीको सरणमा ‘महाभारत’का ‘कृष्ण’

फाल्गुण ०४,२०८०

-आस्था न्यूज

फागुन ४, २०८० मुम्बई (अमर उजाला) ।
भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् ।
 
उनले आफूमाथि आफ्नी पूर्व श्रीमति आईएएस स्मिता भारद्वाजले मानसिक यातना दिएको को आरोप लगाएका छन् । उनको यो आरोपले जोकोही चकित भएका छन् ।
 
नितिशले पूर्व पत्नीविरुद्ध भोपाल प्रहरीका कमिश्नर हरिनारायणाचारी मिश्रलाई इमेल गर्दै उजुरी दिएका छन् । उनले उजुरीमा आफ्ना दुई छोरीलाई स्मिताले भेट्न नदिएको उल्लेख गरेका छन् । नितिशका दुई जुम्ल्याहा छोरी छन् । अभिनेताको उजुरीपछि प्रहरीले अनुसन्धानको आदेश दिएको छ । प्रहरी कमिश्नर मिश्रले आफूले नितिशको पत्र पाएको पुष्टि गरेका छन् ।
 
नितिशले सन् २००९ मा स्मितासँग विवाह गरेका थिए । स्मिता र नितिशको यो दोस्रो विवाह थियो । दुवैको भेट केही साथीभाईमाझ भएको थियो । जुन भेटपछि उनीहरुको दोस्ती र प्रेम बस्यो ।
 
कमै भेटमा दुवैले विवाह गर्ने निर्णय लिए । तर उनीहरुको वैवाहिक सम्बन्ध लामो समय टिक्न पाएन । विवाहको १२ वर्षपछि अर्थात् सन् २०२२ मा दुवैले सम्बन्धविच्छेद गरे । यद्यपि उनीहरु सन् २०१९ मै अलग्गिएका थिए ।