एमालेको गुह्येश्वरी-धाप ड्याम यात्रा शनिबार, ओलीले सम्बोधन गर्ने
-आस्था न्यूज
फागुन ४, २०८० काठमाडौं ।
नेकपा एमालेले गुह्येश्वरी-धाप ड्याम यात्रा शनिबार बिहान १० बजे बाट सुरु गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी धाप ड्याम यात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए ।
उनले भने, ‘भोलि बिहान १० बजे पार्टी अध्यक्षको नेतृत्वमा धाप ड्यामतर्फ जाने छौ, करिडोर, सुन्दरीजल हुदैँ ड्याम जाने छौ र त्यहबाट आलापोटमा आएर सभामा परिणत हुनेछांै । त्यहाँ पार्टी अध्यक्षले सम्बोधन गर्नुहुनेछ ।’
उनले धाप ड्याम जस्ता निमार्णका कामहरु सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गर्न लागेको भन्दै यसले अर्थतन्त्र सुधारमा पनि सहयोग पुग्ने बताए ।
उपत्यकामा पानीका स्रोतहरुको व्यवस्थापन गर्ने र नदीहरुलाई सफा बनाउनको लागि यस्ता ड्यामहरु उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि उनको भनाई छ । उक्त प्रकारका आयोजनाहरु उपत्यकाका स्थानिय पालिका, संघीय र प्रदेश सरकारले सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने एमालेको उद्देश्य छ ।