अमेरिकी पप गायिका टेलरद्वारा एक लाख डलर दान

फाल्गुण ०५,२०८०

-आस्था न्यूज

फागुन ५, २०८० लसएन्जल्स ।
अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि १ लाख डलर दान गरेकी छन् । 
 
केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे लिसा लोपेज-गेल्वनको गत बुधबार केनसस सिटी चिप्स परेडमा गोलाबारी हुँदा मृत्यु भएको थियो ।
 
४४ वर्षीया गोलाबारी पीडितको परिवारका लागि ७५ हजार डलर जुटाउने लक्ष्यका साथ बिहीबार दिउँसो एलिाबेथ लोपेज–गेल्वन मेमोरियल पेज बनाइएको थियो । शुक्रबार बिहान जब टेलरले दान गरिन्, यो राशी आफ्नो लक्ष्यबाट अगाडि बढेको थियो ।
 
टेलरले शुक्रबार बिहान ५० हजार डलरका दुई सेट दान गरिन् र कुल राशी लक्ष्यभन्दा अगाडि बढ्यो । त्यो बेला करिब १३ सय व्यक्तिले दान गरेका थिए । टेलरले सुरुमा ५० हजार डलर दान गरेकी थिइन् । त्यसको आठ मिनेट पछि पुनः ५० हजार डलर दान दिइन् । अहिले पेजमा १ लाख ७३ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ ।
 
आफ्नो दानका साथ टेलरले लोपेज–गेल्वनको मृत्युमा शो जनाउँदै उनको परिवारका लागि समवेदना व्यक्त गरेकी छन् । ‘तपाईंको विनाशकारी नोक्सानका लागि म आफ्नो गहिरो समवेदना र प्रेमले सहयोग पठाइरहेकी छु’, दानसँगै उनले लेखेकी छन् ।
 
लोपेज–गेल्वनले चिप्सको सुपर बाउल विजयको खुशी मनाउनका लागि भएको ¥यालीमा सहभागिता जनाएकी थिइन्, त्यही बेला एक बन्धुकधारीले ¥यालीमा गोलाबारी गरेका थिए । यो घटनामा लोपेज–गेल्वनको परिवारका तीन सदस्यसहित कुल २१ जना घाइते भएका थिए ।
 
‘यो राशी लिसा लोपेज–गेल्वनको परिवारलाई सहयोग गर्न बनाइएको हो । उनी चिफ्स सुपर बाउल विक्ट्री परेडको उत्सव मनाइरहेकी थिइन्, जुन बेला उनको हत्या भयो । उनको दुई सन्तान र पति जीवित छन् ।
 
उनी एक अद्भुत आमा, पत्नी, छोरी, बहिनी, काकी, भतिजी र कैयौं मानिसका साथी थिइन् । हामी अनुरोध गर्दछौं कि तपाईं उनको परिवारलाई आफ्नो प्रार्थनामा सहभागी गराउनुहोस्, किनकी हामी उनको मृत्युमा शोक मनाइरहेका छौं । यो राशी उनको परिवारलाई यो अकल्पनिय पीडाको सामनामा महत्वपूर्ण आर्थिक सहयोग प्रदान गर्न मद्दत मिल्नेछ । कुनै पनि मूल्यलाई स्वीकारिनेछ’, गो फण्ड मी पेजमा लेखिएको हो ।