Trending :
 

यस्तो छ आजको मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

फाल्गुण ०६,२०८०

-आस्था न्यूज

फागुन ६,२०८० काठमाडौं । 
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसकारण आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने विभागले जनाएको छ । 
 
पहाडी भू–भागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । आज विहानैदेखि तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
 
बिभागका अनुसार आज कोशी,  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 
 
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।