१६ जनालाई पछि पार्दै गायिका हेमन्ता भट्टराईले पहिरिइन मिसेस राइज एन्ड साइन दिभाको ताज

फाल्गुण ०६,२०८०

-आस्था न्यूज

फागुन ६, २०८० काठमाडौँ । 
सन्चारकर्मी तथा गायिका हेमन्ता भट्टराई मिसेस राइज एन्ड साइन दिभा २०८०को बिजयी  बनेकि छिन।
 
शनिवार भएको ग्रान्ड फिनालेमा १६ जना बिबाहित महिला प्रतिस्पर्धिलाई उछिन्दै विजयको ताज पहिरिएकी हुन। टप फाइभ समेत छानिएको थियो । जसमा सुधा राई फस्ट रनर अप,रेनुका श्रेष्ठ सेकेन्ड रनर अप ,ममता बजगाइ थर्ड रनर अप र करुणा बस्नेत फोर्थ रनर अपमा चुनिएका छन। 
 
बिजयी हेमन्ता भट्टराईले मिसेस युनिभर्समा समेत भाग लिन पाउनेछिन। बिजयीहरुलाइ एचु हेयर वयलले चेक भौचर उपलब्ध गराएको थियो भने रोज ब्युटी एकेडेमिले उनिहरुलाइ ४० हजार बराबर सौन्दर्य सम्बन्धी कोर्ष दिने घोषणा गरेको थियो। बिजयीहरुले आकर्षक गिफ्टहरु समेत प्राप्त गरेका थिए ।
 
प्रथम उपराष्टपति प्रमानन्द झा प्रमुख अथिती रहनु भएको सो कार्यक्रमको प्रत्यक्ष प्रसारण भने  मेगा टेलिभिजनले गरेको थियो। भब्य रूपमा सम्पन्न भएको कार्यक्रमका निर्णायकहरुमा बरिष्ठ अभिनेता सरोज खनाल, गृहिणी महिला संघ नेपालकि अध्यक्ष अमृता शर्मा, भुमी एम डि आर इन्डस्ट्रीजका अध्यक्ष बिमला मानन्धर, कस्मोलोजिस्ट तथा मोडेल परिसी कारनजित ,किन्नर गार्ड्टेनका सस्थापक प्रधानध्यापक कुमुद भट्ट र बेटर ग्यालेक्सीका एम डी धिरज तन्डुकार रहेका थिए।मिस मङ्गोल बिजयी बिभिषिका श्रेष्ठ ले कार्यक्रमको उद्घोषण गरेकी थिइन ।
 
ललितपुर जिल्लाको बालकुमारी  म्युजिक सिटि हलमा भएको कार्यक्रममा नेपाल टेलिकम र खल्ती एप्स मार्फत भएको भोटिङमा समेत सर्बाधिक भोट बिजयी हेमन्ता भट्टराईले प्राप्त गरेकी थिइन् ।
 
राइज एन्ड साइन कृयसन प्रालीले ३ महिनादेखी काठमाडौ, ललितपुरमा ३ चरणको अडिसन लिएको थियो।  ३० जना बिबाहित महिलाहरुको बिचमा प्रतिस्पर्धा गराउदै १६ जना भोटिङ राउन्डमा प्रवेश गरेका थिए।उनीहरुलाई जयन सुब्बा मानन्धरले अफिसियल क्रोयिग्राफर भएर कोरियोग्राफी गरेकी थिइन।
 
त्यसै गरि डान्स क्रोरियोग्राफी सुस्मा सिंह ,फेसन डिजाइन परि बूटिक र मेक अप रोज ब्युटी एकेडेमिले गराउदै आएका हुन।
 
No description available.No description available.