Trending :
 

पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा-११ सँग पराजित

फाल्गुण ०६,२०८०

-आस्था न्यूज

फागुन ६, २०८० काठमाडौँ । 
आफ्नो डेब्यू खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ सँग पराजित भएको छ । 
 
आइतबार मुलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा–११ ले ४ विकेटले पराजित गर्यो । 
 
नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार ग¥यो । 
 
क्यानडाका लागि नवनीत धलीवालले ८० रन जोड्दा निखिल दत्ताले नटआउट ६७ रन र श्रेयस मोभ्भाले नटआउट २३ रन जोडे । 
 
नेपालका लागि साहब अलामले २ विकेट लिए ।  उनले १० ओभरमा ३१ रन खर्चिए । 
 
यस्तै प्रतिश जिसी, रशिद खान, सागर ढकाल र बसिर अहमदले १–१ विकेट लिए ।