Trending :
 

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पनि पाए विश्वासको मत

फाल्गुण ०६,२०८०

-आस्था न्यूज

फागुन ६, २०८० काठमाडौँ । 
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत लिएका छन् ।
 
उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
 
आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् । विपक्षमा ३५ मत परेको छ ।
 
गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् ।
 
मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् ।
 
यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
 
नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एकरएक र एक स्वतन्त्र सांसद छन् ।