अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्न डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा

फाल्गुण ०७,२०८०

-आस्था न्यूज

फागुन ७, २०८० काठमाडौं ।
अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ । 
 
ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझैं चुनावी मैदान छाडेकी छैनन् । उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहोल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन् ।
 
एक अमेरिकी च्यानललाई अन्तर्वार्ता दिँदै हेलीले भ्लादिमिर पुटिन अमेरिकासँग मित्रता गर्न सक्ने व्यक्ति नभएको बताइन् । उनले पूर्व राष्ट्रपति ट्रम्प पुटिनको पक्षमा रहेको बताइन् ।
 
गत साता साउथ क्यारोलिनामा ट्रम्पले अमेरिकी जनतालाई पुटिन हाम्रो साथी र राम्रो मान्छे होइनन् भन्ने कुरा सम्झाउन चाहन्छौं भनेका थिए । यो भनाई प्रति हेलीले कडा टिप्पणी गर्दै ट्रम्पको अभिव्यक्तिले पुटिनलाई थप शक्तिशाली बनाएको छ ।