Trending :
 

कांग्रेस महासमिति बैठकः पार्टीमा न्याय नपाएको गुनासो सम्बोधन हुनुपर्छ: उपाध्यय

फाल्गुण ०७,२०८०

-आस्था न्यूज

फागुन ७, २०८० काठमाडौँ ।
नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताको बिचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन् ।
 
सोमबारबाट जारी पार्टीको महासमिति बैठकमा पार्टीको तर्फबाट स्वागत मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको उनले बताइन् ।
 
उनले कांग्रेसको नीति उत्कृष्ण बनाउने र अबको नीतिले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा उनको थियो । 
 
‘हाम्रो गौरवाशाली इतिहासलाई स्मरण गर्दै हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ । हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ । यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ,’उनले भनिन् । 
 
सहमहामन्त्री उपाध्ययायले मुलुकलाई अब कता लाने भन्ने अभिभारा पनि नीति अधिवेशनको भएको जिकिर गरिन् । 
 
‘जनताको विश्वास कांग्रेसमा छ । जनतले भनेका छन् संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउने छ । स्थानीय तहमा हाम्रो पार्टी ठूलो छ, प्रदेशमा ठूलो छ । त्यसैले जनताले भनेका छन् कांग्रेसले मुलुकको अगुवाई गर्नुपर्छ । जनताको जीवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ । जनताले त्यही भनेका छन्,’उनले थपिन् । 
 
पार्टीमा न्याय नपाएको आवाज बढेको भन्दै उनले न्याय पाउने र न्याय दिने वातावरण बनाउन महासमिति बैठकले नीति अवलम्वन गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।