Trending :
 

राधी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु

फाल्गुण ०८,२०८०

-आस्था न्यूज

फागुन ८, २०८० काठमाडौं ।
राधी विद्युत कम्पनी लिमिटेडद्धारा प्रवर्द्धित ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुन सुचारु गरिएको छ ।
 
गत असार २२ गते अविरल रुपमा भएको वर्षाको कारणले राधी खोलामा आएको बाढी र पहिरोको कारण राधी साना जलविद्युत आयोजनाको हेडवर्क्स र हेडरेस पाइपमा क्षति पुग्दा आयोजनाको विद्युत उत्पादन ठप्प भएको थियो । साढे सात महिनापछि मर्मत सम्पन्न गरि विद्युत उत्पादन शुरु गरिएको कम्पनीले जनाएको छ ।
 
फागुन ५ गते राति परीक्षण कार्य सम्पन्न गरि  फागुन ६ गते  दिउँसो ४स्०० बजे बाट पूनः यस आयोजना संचालनमा आएको कम्पनीले जारी गरेको सूचना उल्लेख गरिएको छ ।