Trending :
 

‘बौद्ध धर्मले नेपाल चिनाएको छ’

फाल्गुण ०८,२०८०

-आस्था न्यूज

फागुन ८, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन् । 
 
बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा उनले इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो नफर्कने बताए ।
 
नेपाली जनताले ठूलो बलिदान र संघर्षबाट समावेशी संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान प्राप्त गरेको भन्दै यसले सबैलाई मिलाएर लैजाने लक्ष्य राखेको बताए । 
 
बुद्ध धर्मले नेपाललाई संसारमा चिनाएको, यसको गरिमा बढाएको र नेपालको मौलिकता झल्काएको उल्लेख गर्दै बुद्ध धर्मले विश्वमा शान्तिको लागि मात्र होइन, ज्ञानको लागि पनि योगदान पु¥याएको उनले बताएका छन् । 
 
उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले भिक्षु, भिक्षुणीहरुलाई दान दक्षिणा पनि प्रदान गरेका थिए ।