Trending :
 

कांग्रेस महासमिति बैठकः भविष्यमा कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने गगनको प्रस्ताव

फाल्गुण ०८,२०८०

-आस्था न्यूज

फागुन ८, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो सांगठनिक प्रस्तावमा भविष्यमा हुने कुनै पनि निर्वाचनमा गठवन्धन नगर्ने बताएका छन्। महासमिति वैठकमा पेस गरिएको प्रतिवेदनमा अहिले चलिरहेको सत्ता गठवन्धनसँग पनि मिलेर निर्वाचनमा नजाने स्पष्ट पारिएको हो।
 
‘पार्टीका सदस्यहरु शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ। हामी भविष्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै ताकतमा एक्लै निर्वाचन लड्ने छौं,’ थापाको प्रस्तावमा भनिएको छ, ‘हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने  अवस्था सुनिश्चित गर्ने छौं।’
 
थापाको यही प्रस्तावलाई लिएर पार्टीभित्र विवाद भएको थियो। सभापति शेरबहादुर देउवाले उक्त प्रस्ताव सच्चाउन केही दिन कोशिस गरेका थिए। तर महामन्त्री थापाले आफू मतदानमा जान तयार रहेको बताएपछि देउवा प्रतिवेदन पेसका लागि तयार भएका थिए।