Trending :
 

एमाले बैठकः चार एजेण्डामा समूहगत छलफल आजदेखि

फाल्गुण ०९,२०८०

-आस्था न्यूज

फागुन ९, २०८० काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो ।
 
छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ । 
 
च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार विहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 
 
उनका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा केन्द्रीत हुनेछ । 
 
पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धिकरण तथा सुदृढिकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय समसामयिक प्रस्तावहरू पेश भएका छन् । 
 
समूहगत छलफल र प्राप्त निष्कर्षहरूमाथि छलफल गरेपछि बैठक बिहीबार सम्पन्न गर्ने कार्यसूूची रहेको छ ।