Trending :
 

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

फाल्गुण ०९,२०८०

-आस्था न्यूज

फागुन ९, २०८० काठमाडौं । 
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो । मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।