Trending :
 

फर्जी एकाउन्टको मारमा अभिनेत्री विद्या, दिइन् प्रहरीमा उजुरी

फाल्गुण ०९,२०८०

-आस्था न्यूज

फागुन ९, २०८० काठमाडौं ।
बलिउड अभिनेत्री विद्या बालन हालका दिनमा फिल्म ‘भूल भुलैया-३’का कारण चर्चामा छिन् । 
 
फ्रेन्चाइजीको यो तेस्रो भागमा अभिनेत्रीको कमब्याकको पुष्टि भइसकेको छ । विद्याको कामको चर्चा भइरहँदा उनी भने अहिले तनावमा छिन् ।
 
विद्याका नाममा फर्जी इमेल, इन्स्टाग्राम र ह्वाट्सएप एकाउन्ट बनाइएको थाहा पाएपछि उनले मुम्बईको खार प्रहरी स्टेसनमा उजुरी दिएकी छन् ।
 
विद्याको फर्जी एकाउन्टबाट जालसाजीले फिल्म उद्योगमा काम दिने भन्दै झुठो बाचा गर्दै विभिन्न मानिसहरुसँग सम्पर्क गरेका खुलेको छ ।
 
उनीहरुले ती मानिसहरुसँग पैसा पनि मागेपछि विद्याले प्रहरीमा उजुरी दिएकी हुन् । 
 
विद्याका डिजाइनर प्रणयका नामबाट ह्वाट्सएपमा आफू विद्या भन्दै सन्देश आएको थियो । प्रणयले त्यो आफ्नो नम्बर नभएको उल्लेख गरेकी छन् ।
 
विद्याले अज्ञात समूहले आफ्नो नामको दुरुपयोग गर्दै आपराधिक गतिविधिसमेत गर्न थालेको थाहा पाएपछि उनी तनावमा थिइन् । 
 
विद्याका अनुसार १७ फेब्रुअरीदेखि १९ सम्म विभिन्न व्यक्तिले विद्यालाई उनको फर्जी इन्स्टाग्राम र जीमेल एकाउन्टबाट पैसा माग्ने र बलिउडमा अवसर दिने भन्दै सन्देश आउन थालेको जानकारी दिएका थिए ।
विद्याको उजुरीका आधारमा सूचना प्रौद्योगिकी अधिनियमको धारा ६६ ‘सी’ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।