‘टाइगर भर्सेस पठान’ अघि ‘पठान २’

फाल्गुण १०,२०८०

-आस्था न्यूज

फागुन १०, २०८० मुम्बई ।
फिल्म ‘पठान’को अपार सफलतापछि शाहरुख खान र सलमान खान यशराज फिल्मस्को स्पाई थ्रिलर ‘टाइगर भर्सेस पठान’मा देखिँदैछन् । यो फिल्म घोषणा समयदेखि नै चर्चामा छ । फिल्ममा शारुख एकपटक पुनः पठान अवतामा र सलमान टाइगर अवतारमा देखिँदैछन् ।
 
तर अब दर्शकले ‘टाइगर भर्सेस पठान’ हेर्न केही समय पर्खनुपर्नेछ । यशराज फिल्मस्ले ‘टाइगर भर्सेस पठान’ भन्दा अगाडि ‘पठान’ २ निर्माण गर्ने भएको छ । ‘टाइगर भर्सेस पठान’का लागि एक प्लट तयार पारेर कथामा ट्वीस्ट ल्याउने तयारीमा यशराज फिल्मस् जुटिरहँदा उसले ‘पठान २’ बनाउने नयाँ योजना ल्याएको हो । ‘पठान २’ मा शाहरुख नै प्रमुख भूमिकामा हुनेछन् ।
 
निर्माताहरु ‘पठान २’ लाई सन् २०२४ को अन्त्यसम्ममा फ्लोरमा लैजाने तयारीमा छन् । ‘टाइगर भर्सेस पठान’ यशराज फिल्मस्को नवौं फिल्म हुनेछ । ‘पठान २ मात्र होइन, यहाँसम्म कि आलिया भट्टीको स्पाई थ्रिलर फिल्म पनि टाइगर भर्सेस पठानको टकरावलाई नयाँ मोड दिनेछ । 
 
आदित्य चोपडा टाइगर भर्सेस पठानलाई भारतीय फिल्मको सबैभन्दा महत्वकांक्षी सिनेमाई युनिभर्सको स्पाई वेन्जर फिल्मका रुपमा प्रस्तुत गर्दैछन् । वाईआरएफ युनिभर्समा सबै फिचर फिल्म कसरी टाइगर भर्सेस पठानतिर जान्छन्, यस कुरालाई गोप्य राखिएको छ । पठान २ को सुटिङ पुरा हुनासाथ टाइगर भर्सेस पठानको सुटिङ हुनेछ’, यशराज फिल्मस् निकट स्रोतले भनेको छ ।
 
‘टाइगर भर्सेस पठान’ सय दिन बढी सेड्युलका साथ सन् २०२६ मा फ्लोरमा जानेछ र सन् २०२७ मा रिलिज हुनेछ ।  यता ‘पठान २’ सन् २०२६ मा रिलिज हुनेछ ।