Trending :
 

मृत्युदण्ड सुनाइएका दुई नेपालीका लागि तुरुन्त ब्लडमनी जुटाऔंः खतिवडा

फाल्गुण १०,२०८०

-आस्था न्यूज

फागुन १०, २०८० काठमाडौं । 
कांग्रेस सांसद रामहरी खतिवडाले दुबईको जेलमा ब्लड मनी तिर्न नसकि  मृत्युदण्डको सजाए सुनाइएका पहलमान मगर र भुवन श्रेष्ठको ब्लडमनी पचास लाख रुपैंयाँ तिरेर उनीहरुलाई नेपाल ल्याउने पहल गर्न सरकारसँग आग्रह गरेका छन् । 
 
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोलेका सांसद खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाए सुनाइएका मगर र श्रेष्ठको उद्दारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिए ।
 
खतिवडाले भने, ‘ओखलढुंगा चिसंखुगढी-३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धार्दिङ निवासी पहलमान मगर पाँच वर्षदेखि युएईको दुबईमा एउटा जेलमा हुनुहुन्छ । उहाँहरुले नवलपरासीको साथी बाबुराम आलेलाई हस्पिटल लाने क्रममा आलेको मृत्यु भएपछि त्यो केसमा ५० लाख ब्लडमनी दिनुपर्ने कारणले जेलमा छन् ।
 
दुवैले ५० लाखका दरले ब्लडमनी नदिए यही महिनामा उनीहरुलाई मृत्युदण्ड दिने घोषणा युएई सरकारले गरेको छ ।’ उनले थपे, ‘सरकारले भुवन श्रेष्ठ र पहलमान मगरलाई स्वदेशमा ब्लडमनी तिरेर ल्याउने पहल गरोस् । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले छिटो भन्दा छिटो पहल गर्नुपर्यो ।’ 
 
त्यस्तै उनले इजरायल हमार द्वन्द्वमा हमास नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने माग गरे । 
 
‘हमासले अपहरण गरेका विपीन जोशीको अवस्था के छ त्यो जानकारी सरकारले सदनलाई गराउनुपर्यो’ सांसद खतिवडाले भने ।