१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको तयारी

फाल्गुण १०,२०८०

-आस्था न्यूज

फागुन १०, २०८० काठमाडौं । 
एभरेष्ट नेपाल कल्चरल ग्रुपले ‘१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना गर्ने भएको छ । 
 
बिहीबार कल्चरल ग्रुपले काठमाडौंमा पत्रकार सम्मेलन गरी यही फाल्गुन १८ गतेदेखि २७ गते सम्म ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’भन्ने मूल नाराका साथ १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला-२०८० आयोजना गर्न लागेको ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले जानकारी दिए । 
 
नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रवर्द्धन गर्नुका साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको उनको भनाई छ । 
 
उनले भने,‘नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रवर्द्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको जानकारी गराउन चाहन्छौँ । यदाकदा टेलिभिजनको पर्दामा मात्र देखिने बिदेशी लोक संस्कृतिलाई हेर्दै आएका हामी नेपालीहरुले मेला अवधिभरी आफनै घरआँगनमा नेपालको प्रस्तुतिसहित प्रत्यक्ष रुपमा नियाल्न पाउनेछन् ।’
 
मेलाले नेपालको पर्यटन र संस्कृति प्रर्वद्धनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएका छन् । महोत्सव काठमाडौं, दाङ्ग, पोखरा र ललितपुर जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा गर्न गइरहेको आयोजकले जनाएको छ ।