‘सुपर त्रिशूली हाइड्रोपावरको अनुमति लिने-दिने दुवै प्रश्नको घेरामा छन्’
-आस्था न्यूज
फागुन १३, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले तनहुँ, चितवन र गोरखा तीन जिल्लासँगै जोडिएको तल्लो त्रिशूली नदीमा प्रस्तावित एकसय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रो पावर निर्माणको तयारीले त्यहाँको राफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संसय पैदा गरेको भन्दै सदनलाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत राम्ररी नगरेको जानकारी गराए ।
सांसद वाग्लेले भने, ‘पृथ्वी राजमार्गको फिस्लिङ खण्ड जुन अलिकति रणनीतिक र संवेदनशिल खण्ड पनि हो । त्यहाँ एकसय मेगावाटको सुपर त्रिशूली हाइड्रो पावर प्रस्तावित रहेछ । यसले राफ्टिङ गतिविधि,पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संसय उत्पन्न भएको छ । इआइए पनि राम्ररी नगरिएको गुनासो छ । आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरु प्रश्नको घेरामा छन् ।’