Trending :
 

लिग टूः नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

फाल्गुण १३,२०८०

-आस्था न्यूज

फागुन १३, २०८० काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ । 
 
नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक÷एक विकेट झारे । 
 
टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले  ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो । 
 
नेपालका लागि  कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । 
 
त्यस्तै, करण केसीले २६ रन, रोहित पौडेल १६ रन,  आरिफ शेखले २२ रन, आसिफ शेख १७ रनको यागदान दिए ।