Trending :
 

पहाडी भूभागमा मौसम आंशिक बदली रहने

फाल्गुण १४,२०८०

-आस्था न्यूज

फागुन १४, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि  सफा रहेको छ । 
 
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ।
 
महाशाखाका अनुसार हाल मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 
 
आज दिउँसो देशभरको मौसम आंशिक देखि साधारण बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
 
आज राती देशभर आंशिक देखि साधारण बदली रहने छ भने देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।