अभिनव बने ‘अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’
-आस्था न्यूज
फागुन १४, २०८० काठमाडौं ।
पुरुषको व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल’ को नेपाली संस्करण ‘अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’ को उपाधि अभिनव थापाले जितेका छन् ।
उनले उपाधिसँगै आगामी मेमा थाइल्याण्डमा हुने ‘म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । उनले ‘खल्ती मिष्टर पपुलर’ र ‘एम्पायर मिष्टर पर्सनालिटी’को विधागत अवार्ड पनि जिते ।
प्रतियोगितामा दिलिप नेपाली ‘टेनएक्स मिष्टर फ्रेन्डशीप’ सहित ‘मिष्टर इन्टरनेसनल नेपाल २०२४’ हुँदा युनिक तुलाधर ‘रनर अप’ भए ।
क्लब टेनएक्स्को सहकार्यमा ग्रुुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा सम्पन्न प्रतियोगितामा सोयस बलामीले ‘अर्ना मिष्टर ट्यालेन्ट’, सिद्धान्त केसीले ‘ज्यासमिन मिष्टर फिजिक’ र विजय थापाले ‘फोरेन्सिक मिष्टर फोटोजेनिक’ विधाको अवार्ड जिते ।
कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागिहरुलाई स्टेज प्रस्तुतिकरणमा प्रशिक्षण दिएका थिए । प्रतियोगितामा फेसन कोरियोग्राफर एवम् अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक थिए ।