Trending :
 

बारामा ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ घाइते

फाल्गुण १४,२०८०

-आस्था न्यूज

फागुन १४, २०८० काठमाडौं ।
बारामा खाना बनाउने ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । 
 
जिल्लाको निजगढ नगरपालिका-७, निजगढ बजारस्थित रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु  भएको हो । 
 
उक्त घटनामा अन्य ५ जना घाइते समेत भएका छन् । सोमबार मध्याह्न १२ बजे रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको बारा प्रहरीले जनाएको छ । 
 
मृत्यु हुनेमा निजगढ-५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । 
 
त्यस्तै, बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज-९,पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह घाइते भएका बाराका डीएसपी दधिराम न्यौपानेले बताए ।