भारतीय गजल गायक पंकज उधासको निधन

फाल्गुण १४,२०८०

-आस्था न्यूज

फागुन १४, २०८० काठमाडौं ।
भारतीय प्रख्यात गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।
 
पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको पुष्टि गरेका छन् । ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उधासको दुःखद निधनको जानकारी दिँदै दुःखी छौं । पंकज के बिरामी थिए भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौं’, विज्ञप्तीमा भनिएको छ ।
 
पंकज गजल गायनमा विश्वकै एक ठूला नाम थिए । उनले ‘चिठ्ठी आई है’ गजलबाट लोकप्रियता पाएका थिए । यो गजल सन् १९८६ मा रिलिज फिल्म ‘नाम’मा राखिएको थियो । 
 
उनका गजलहरु ‘ये दिल्लगी’, ‘फिर तेरी कहानी याद आई’, ‘चले तो कट ही जाएगा’ र ‘तेरे बिन’ हिट छन् ।
 
उनका ‘जिये तो जिए कैसे’, ‘चाँदी जैसा रंग है’लगायतका गजल पनि हिट छन् ।