Trending :
 

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

फाल्गुण १५,२०८०

-आस्था न्यूज

फागुन १५, २०८० काठमाडौं ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। 
 
कम्पनीको फागुन १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 
 
कम्पनीले हालको कायम चुक्ता पुंजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
 
नेपाल बीमा प्राधिकरणले उक्त लाभांश स्वीकृत गरेपछि र कम्पनीले आफ्नो साधारणसभा आवहान गर्नेछ र त्यसमा पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले प्राप्त गर्नेछन।