Trending :
 

माओवादीका सबै प्रदेश इन्चार्ज हेरफेर

फाल्गुण १५,२०८०

-आस्था न्यूज

फागुन १५, २०८० काठमाडौं । 
नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
 
कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।
 
यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ ।
 
पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।