मङ्गलबार सेयर बजारमा समान्य वृद्धि
-आस्था न्यूज
फागुन १५, २०८० काठमाडौं ।
मङ्गलबार सेयरबजारमा समान्य वृद्धि भएको छ । हिजो झै दिनभरी राताम्मे नै रहेको बजार अन्तिम समयमा बाउन्सब्याक भएको थियो ।
सोमबार १३.२८ अङ्कले घटेको सेयरबजार आज थप ९.३४ अङ्कले बढेर २००१.६४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा बिएनएल, बिपिडब्लु लघुवित्त र सामलिङ पावर कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा चिरख्वा हाइड्रो, कालिन्चोक दर्शन, मोलुङ र खानीखोला हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।
आज उत्पादन समूहको उपसूचक सर्वाधिक ३।५२ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक १.१० र ननलाइफ इन्स्योरेन्स उपसूचक ०.७४ प्रतिशतले बढ्यो । आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ०.२८ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहको उपसूचक ०.१३ प्रतिशत र लगानी उपसूचक ०.०८ प्रतिशतले घटे ।