Trending :
 

तत्कालीन सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित १० जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

फाल्गुण १५,२०८०

-आस्था न्यूज

फागुन १५, २०८० काठमाडौं । 
धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो ।
 
उनीहरुले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईं र उनको कम्पनीलाई १ अर्ब १४ करोड रुपैयाँको धितो राखेर २ अर्ब ११ करोड बढीको ऋण दिएको सीआईबीले जनाएको छ । उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐनअनुसार अनुसन्धानका लागि ७ लिन हिरासतमा राख्न अनुमति दिएको छ ।
 
सेञ्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ र न्यौपाने प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत छन् ।