गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा
-आस्था न्यूज
फागुन १६, २०८० काठमाडौं ।
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत् वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
यो वर्ष पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी दिए । प्रतियोगितामा तीन विभागीय टोली (प्रहरी/आर्मी/एपीएफ) र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार ७.५/७.५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० लाख सहयोग गर्ने छ । पाँचदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।