अभिनेत्री तथा पूर्व सांसद जया प्रदा ‘फरार’ सुचिमा

फाल्गुण १६,२०८०

-आस्था न्यूज

फागुन १६, २०८० काठमाडौं । 
अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ । सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो ।
 
जयाको यो मामलाको सुनुवाई रामपुरको एमपी–एमएलए स्पेशल कोर्टमा चलिरहेको छ । जयालाई अदालतले कैयौं पटक सूचना जारी गर्दाको बाबजुद पछिल्लोपटक अदालतले कैयौं तारिख दिए पनि उनी अदालतमा उपस्थित भएकी थिइनन् । यसबाहेक उनीमाथि वारेन्ट र जमानती वारेन्ट पनि जारी गरिएको थियो । तर उनी अदालतमा उपस्थित भइनन् । यहीकारण उनलाई अदालतले ‘फरार’ घोषित गरेको हो ।
 
अदालतले जयाविरुद्ध ८२ सीआरपीसीको कारवाही गर्दै पुलिस अधिक्षकको एक डिप्टी एसपीको अगुमाईमा टिक बनाएर ६ मार्च २०२४मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
 
रामपुरका वरिष्ठ अभियोजन अधिकारी अमरनाथ तिवारीका अनुसार सन् २०१९ मा जयाविरुद्ध केमरी र स्वार थानामा आचारसंहिता उल्लंघनका दुई मामला दर्ता भएका थिए । प्रहरीले चार्जशीट कोर्टमा उजुरी दर्ता गराएको थियो । स्वारमा दर्ता भएको मामलामा बयान लिइसकिएको छ । केमरीको मामलामा भने जया अदालतमा उपस्थित नभएपछि बयान लिन बाँकी छ ।