झिनो अङ्कले घट्यो नेप्से
-आस्था न्यूज
फागुन १६, २०८० काठमाडौं ।
बुधबारको सेयर बजारमा झिनो अङ्कले सूचक घट्दै बजार बन्द भएको छ । यस दिन नेप्से सूचक ०.८७ अङ्कले घट्दै २ हजारको अङ्कमा अडिएको हो । यस्तै आज यता कारोबार समेत जम्मा २ अर्ब ३ करोड ८१ लाखमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो ।
आज २४८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा अधिकतम १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७१ कम्पनीको बढेको र ७ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ । तथापि, विशाल बजार कम्पनी, बोटलर्स नेपाल ९बालाजु०, बोटलर्स नेपाल (तराई) र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
कूल १३ उपसूचकहरू मध्ये आज होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, अन्य समूहको उपसूचक र ट्रेडिङबाहेक अन्य ७ वटा उपसूचक ऋणात्मक भएका छन् ।