‘एनिमल पार्क’मा विक्की कौशल भिलेन

फाल्गुण १७,२०८०

-आस्था न्यूज

फागुन १७, २०८० मुम्बई ।
बलिउड अभिनेता रणवीर कपूरको पछिल्लो ब्लकबस्टर फिल्म ‘एनिमल’को बम्पर सफलतापछि फिल्मको दोस्रो भाग ‘एनिमल पार्क’को चर्चा चलिरहेको छ । रणवीर र रश्मिका मन्दाना स्टारर यो फिल्मको सिक्वेल ‘एनिमल पार्क’मा कसले भिलेन चरित्र निर्वाह गर्ला भन्ने चासो सर्वत्र छ ।
 
निर्माताहरुले फिल्मको दोस्रो भागको तयारी सुरु गरिसकेका छन् । समाचार अनुसार फिल्मको दोस्रो भागमा अभिनेता बबी देओल नभई अर्का अभिनेता विक्की कौशलले भिलेन चरित्र निर्वाह गर्नेछन् ।
 
‘अर्जुन रेड्डी’, ‘कवीर सिंह’ र ‘एनिमल’ जस्ता ब्लकबस्ट फिल्म दिएका निेर्दशक सन्दीप रेड्डी वांगा ‘एनिमल पार्क’मा भिलेन परिवर्तनको तयारीमा छन् । जसका लागि उनले विक्की कौशललाई प्रस्ताव गरेका छन् । फिल्ममा विक्की प्रमुख भिलेन चरित्रमा देखिनेछन् । यदी विक्की भिलेन चरित्रमा सहमत भए रणवीर र विक्कीको तेस्रो सहकार्य हुनेछ ।
 
विक्की र रणवीर मिल्ने साथी पनि हुन् । दुवैको दोस्ती ब्लकबस्टर फिल्म ‘सञ्जू’बाट भएको थियो । जहाँ विक्कीले रणवीरको मिल्ने साथीको भूमिका निर्वाह गरेका थिए । उनीहरुले दोस्रो पटक सहकार्य आलिया भट्ट स्टारर निर्देशक सञ्जय भन्सालीको फिल्म ‘लभ एण्ड वार’मा गरेका थिए । यो फिल्म हाल प्री प्रोडक्सन चरणमा छ ।