गीतबाट ब्रेक लिने पप स्टार एडेलको घोषणा

फाल्गुण १७,२०८०

-आस्था न्यूज

फागुन १७, २०८० काठमाडौं । 
पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ‘लस भेगास रेजिडेन्सी’को शो स्थगित गरेको जानकारी दिएकी छन् ।
 
आगामी मार्चमा हुने यो शो केही समयका लागि रोक्ने निर्णय लिएको उनले उल्लेख गरेकी छन् । उनको यो घोषणाले उनका फ्यान निरास बनेका छन् ।
 
‘दुःखको कुरा यो छ कि मैले आफ्नो खराब स्वास्थ्यको अगाडि हार स्वीकार्नुप¥यो । म ‘बेगास रेजिडेन्सी शो’ रोक्दैछु । शोको अन्तिम चरणको दौरान म बिरामी थिएँ र पुनः शो शुरु हुनुअघि मलाई पूर्ण स्वस्थ हुन समय नै मिलेन । जसकारण म पुनः बिरामी भएकी छु । यसको असर मेरो स्वरमा परेको छ’, उनले लेखेकी छन् ।
 
उनले अगाडि लेखेकी छन्, ‘डाक्टरले मलाई पूर्ण रुपले आराम गर्न सल्लाह दिएका छन् । योबाहेक मसँग कुनै विकल्प नै छैन । यो सिजनको बाँकी ५ शोको तारिख स्थगित गरेकी छु ।’
 
‘विकेन्ड्स विद एडेल शो’को मार्चको सबै तारिख स्थगित गरिएको छ । एडिलको यो शो १५ जुनमा समापन हुँदै थियो  । 
 
उनले गत वर्ष स्टेजमा दर्शकमाझ नजिक रहेर प्रस्तुत हुन पाउना आफ्ना लागि असाधारण अनुभव रहेको बताएकी छिन् । 
 
‘शोका दौरान केही राम्रा र भावनात्मक सम्झना मेरो हृदयमा सदाका लागि बसेको छ । जुन म जीवनभर भुल्दिनँ । यो शोले स्टेजमा रहनु कति मजेदार छ भन्ने महशुस गराएको छ’, उनले भनेकी छन् ।