मधुमेह रोग प्रति सचेत रहन आव्हान गर्दै इण्डो–नेपाल यूके सम्मेलन सम्पन्न

फाल्गुण २४,२०७३

-

 

 

२४,२०७३फाल्गुन,-

डाइविटिज नेपाल र हेल्थ एक्स्चेन्ज नेपाल(बेलायतले नेपाल लगायत दक्षिण एशियामा व्यापकरुपमा बढ्दै गएको को  मधुमेह नियन्त्रणका लागि नेपालमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले Indo-Nepal-UK Diabetes Meeting & Annual Professional Conference of Diabetes Nepal सम्पन्न गरेको छ ।

 

प्रमुख अतिथि समेत रहेका शताव्दी पुरुष सत्यमोहन जोशीले चिन्ता रहित जीवनले नै मानिसलाई स्वस्थ बनाउने बताउनु भयो । रोग लागेपछिको उपचारमा लाग्नु भन्दा रोग नै लाग्न नदिन सचेत रहनु पर्ने बताउनु हुँदै शताव्दी पुरुष जोशीले अनुशासित भोजन गर्नका लागि आग्रह गनु भयो ।


मधुमेह सम्वन्धी बेलायत९भारत र नेपालका वरिष्ठ चिकित्शकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार समेत रहनु भएका जोशीले वैज्ञानिक युगमा औषधीले सबै रोगको उपचार सम्भव भए पनि विरामीलाई हौसल्लाह र विश्वास दिन सकेमा औषधीले चाँडो काम गर्ने बताउनु भयो ।

 


डाइविटिज नेपालका अध्यक्ष रोशन कृष्ण न्याछ्योँको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमलाई बेलायतबाट आउनु भएका प्रा।डा। सत्यनराज राजभण्डारी, भरतका प्रा। नीता देशपाण्डे, शिक्षण अस्पतालका वरिष्ठ चिकित्शक प्रा।डा। प्रदीपकृष्ण श्रेष्ठ, डाइविटिज नेपालका महासचिव कैलाश प्रधानले मधुमेह रोग र यसको रोकथाम र नियन्त्रणका लागि अपनाउनु पर्ने उपचार प्रविधिका बारेमा धारणा राख्नु भएको थियो ।

 
कार्याशालामा वेलायत, भारत र नेपालका वरिष्ठ मधुमेह विशेषज्ञहरुले कार्यपत्रहरु पेश गर्नु भएको थियो । मधुमेहको वर्तमान अवस्था, फैलदोंरुप र नियन्त्रणका लागि पत्तालागेका औषधी एवं तरिकाहरुका बारेमा छलफल गरिएको थियो ।


७ वर्षअघि स्थापना भएको डाइविटिज नेपालले मधुमेह नियन्त्रणका लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आइराखेको छ ।

 

यसै क्रममा यस वर्ष फागुन १८ गते पोखरामा क्षत्रिय स्तरमा त्यहाँका चिकित्सकहरुका लागि बेलायत एवं भारतका वरिष्ठ मधुमेह विशेषज्ञबाट एक दिने कार्याशाला आयोजना गरेको थियो भने मधुमेह र खानपानका लागि फागुन २० गते महाराजगञ्ज चिकित्सा क्याम्पसमा Diabetes Educators Course को आयोजना गरेको थियो ।