बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
-आस्था न्यूज
फागुन १८, २०८० काठमाडौं ।
दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, बालिका, सत्यनारायण स्कुल विजयी भए ।
पहिलो खेलमा महेन्द्र स्कुललाई सरस्वती स्कुलले ६४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय २१ रनको योगफल बनाएको छ । जस्मा प्लेयर अफ द म्याच कृतिषा धामीले सर्वाधिक ४३ रनको योगदान दिइन् । महेन्द्रकी धनवन्ति रायले १ विकेट लिइन् ।
१ सय २२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ७ विकेट गुमाई ५७ रन मात्र बनाउँन सक्यो । जस्मा शिवानी खातुनले सर्वाधिक ६ रनको योगदान दिइन् । सरस्वतीकी चाँदनी यालव र अन्जली मण्डलले २-२ विकेट लिइन् ।
दोस्रो खेलमा वालिका स्कुलले आदर्श स्कुललाई ३५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वालिकाले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय १० रन बनाएको छ । जस्मा प्लेयर अफ द म्याच वुदिता राजवंशीले सर्वाधिक ३० रन बनाउँदा सकुन्तला सहनीले २५ रन बनाइन् ।
आदर्शकी अपर्णा राजवंशीले २ विकेट लिइन् । १ सय ११ रनको विजयी लक्ष्य पाएको आदर्शले निर्धारित ओभरमा ४ विकेट गुमाई ७५ रनमा सीमित भयो । जस्मा करुणा राजवंशीले सर्वाधिक १८ रनको योगदान दिइन् । बालिकाकी वविता गुप्ताले २ विकेट लिइन् ।