सेन्सर बोर्डलाई दीपकको कटाक्षः सेन्सलेस सेन्सर बोर्ड

फाल्गुण १८,२०८०

-आस्था न्यूज

फागुन १८, २०८० काठमाडौं ।
फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहन्छन् ।
 
यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म यही फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध सुरु भएको छ ।
 
यही परिप्रेक्षमा दीपकराजले फेसबुकमार्फत सेन्सर बोर्डप्रति कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘कश्मीर फाइल्स ! उडता पन्जाव !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त । यो ‘रंगेली’ चाहिँ किन सेन्सरमा परेछ ‘सेन्सलेस सेन्सर बोर्ड !!’
 
सेन्सर बोर्डले ‘रंगेली’ रंगेली नगरपालिकामा खिचिएकाले स्थानीय सरकारको सहमति छ या छैन भनेर आफूहरुले बुझ्न खोजेको जनाएको छ । छायांकन भएको थलोको सहमति पत्र ल्याएपछि मात्र सेन्सर सर्टिफिकेट दिने बोर्डले जनाएको छ ।