दरबारमार्गको नाइट क्लबमा काम गर्ने युवतीलाई ट्याक्सी चालकले बलात्कार गरेको आरोप
-आस्था न्यूज
फागुन १८, २०८० काठमाडौं ।
प्रहरीले दरबारमार्गको एक क्लबमा कार्यरत् २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ गोकर्णेश्वर नगरपालिका-६ बस्दै आएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकामध्ये तामाङ ट्याक्सी चालक हुन् । जिल्ला अदालत, काठमाडौंले उनलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
उनीसँगै बलात्कार गरेको भनेर जाहेरीमा उल्लेखित काभ्रे घर भएका २९ वर्षीय दिपकबहादुर श्रेष्ठ भने फरार छन् । प्रहरी वृत्त, बानेश्वरका अनुसार, उनको खोजी भइरहेको छ ।
उनले दरबारमार्गस्थित पीडित कार्यरत् क्लबबाट कर्मचारीलाई राति घरमा छाडिदिने गरेको प्रहरी अनुसन्धानबाट देखिएको थियो । त्यही अनुसार, २० माघको बिहान ४ बजे ड्यूटी सकेपछि क्लबका कर्मचारीले ट्याक्सी बोलाएर उनीसहित ४ जना युवतीहरुलई डेरामा छाड्न भनेर पठाइदिएका थिए ।
तर, चालक तामाङले सबैलाई कोठामा छाडिदिए पनि आफूलाई भने नशा लागेको अवस्थामा होटलसम्म लगेको पीडितले भनेकी छन् ।