Trending :
 

दुग्ध किसान र सरकारबीच आज दिउसो वार्ता

फाल्गुण १९,२०८०

-आस्था न्यूज

फागुन १९, २०८० काठमाडौं । 
६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका दुग्ध किसानलाई सरकारले वार्तामा बोलाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शनिबार दिउँसो १ बजे आन्दोलन गरिरहेका दुध किसानको प्रतिनिधिमूलक संस्था राष्ट्रिय दुग्ध सहकारी संघलाई वार्ताका लागि बोलाएको हो । 
 
संघ अध्यक्ष अमर कुँवरले दिउँसो बोलाएको वार्तामा संघका पदाधिकारी र विभिन्न जिल्लाका किसान प्रतिनिधि सहभागी हुने बताए । ‘दुध बेचेको पैसा पाँच महिनादेखि नपाएपछि हामीले एक सातादेखि आन्दोलन गरिरहेका छौँ । शुक्रबार कृषि मन्त्रालयले लिखित पत्र पठाएर शनिबार १ बजे वार्ताका लागि बोलाएको अध्यक्ष कुँवरले बर्ता । सरकारले बोलाएको वार्तामा जान्छौँ र आफ्ना कुरा राख्नेछौँ, उनले भने।’