विराज भट्टको ‘१२ गाउँ’मा ‘साहो’ भिलेन कनिज

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ’को खलनायकमा कनिज कोइराला अनुबन्धित भएका छन् । 
 
‘इन्टरनेशनल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडलसमेत रहेका कनिजले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा दक्षिण भारतीय तेलुगू अभिनेता अधवी शेषको ‘गोडाचरी’ मा खलनायकको भूमिकामा अभिनय गरिसकेका छन् ।
 
उनले अभिनेता विराजसँग भोजपुरी फिल्म ‘वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका थिए । कनिजले यसअघि नेपाली फिल्म ‘आँधीतुफान २’मा अभिनय गरिसकेका छन् ।
 
यसै साता यो फिल्मको नायिकामा ‘मिस नेपाल इन्टरनेशनल-२०२२’ न्यान्सी खड्का अनुबन्धित भएकी थिइन् ।
 
चैतको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा विराजको अभिनयसमेत हुनेछ । यही फिल्मबाट विराज पुत्र समीर डेब्यू गर्दैछन् । हाल यो फिल्म प्रि प्रोडक्सनमा छ ।
 
सन्तोष सरकारको कथा तथा पटकथा फिल्ममा छ । सन् २०२४ मै रिलिज हुने फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा निर्माण हुँदैछ ।