Trending :
 

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीया युवा पक्राउ

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको हारोपमा प्रहरीले बदिर्याबाट एक पुरुषलाई पक्राउ गरेको छ । 
 
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ । 
 
थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।