ओस्कार अवार्ड ज्येष्ठ फिल्मकर्मी विशेष बन्दै

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० लसएन्जल्स ।
यही मार्च १० मा आयोजना हुन गइरहेको ‘९६ औं ओस्कार अवार्ड’ ज्येष्ठ फिल्मकर्मीका लागि विशेष बन्दैछ । किनकी यसपटकको मनोनयनमा कयौं ज्येष्ठ फिल्मकर्मी मनोनयनमा परेका छन् । जसमा ७० वर्षदेखि ८० वर्ष र यो भन्दा पनि बढी उमेरका फिल्मकर्मी छन् ।
 
यही कारणले पनि यो ओस्कारलाई ज्येष्ठ फिल्म निर्माताहरुको ‘स्वर्णिम युग’ भनिएको छ । राजनीतिमा वृद्धावस्थालाई एक दायित्वका रुपमा सम्झिएर बहस गरिन्छ । तर ओस्कार अवार्ड भने ज्येष्ठ फिल्मकर्मीका लागि एक सुनौलो अवसरका रुपमा हेरिएको छ ।
 
उमेरको कुरा गर्दा अग्रपंक्तिमा ८३ वर्षका हयाओ मियाजाकी पर्छन् । ‘विश्वलाई तपाईं आफ्नो उमेरका कारण रिटायर्ड हुन लाग्नुभएको छ । फेरि फर्किनुहुन्छ भनेर बताइरहनुको खराब अरु केही छैन,’ उनले केही वर्षअघि भनेका थिए ।
 
मियाजाकी ‘सर्वश्रेष्ठ फिल्म’का लागि मनोनयनमा पर्ने सर्वाधिक उमेरका निर्देशक हुन् । यदी उनले मार्च १० मा ओस्कार अवार्ड जिते भने, उनी त्यस्तो विजेता बन्नेछन्, जो दर्शकभन्दा पनि धेरै उमेरका विजेता हुनेछन् ।
 
ओस्कारमा ८६ वर्षका रिडले स्कट भिजुअल इफेक्ट र प्रोडक्सन डिजाइन विधाको मनोनयनमा छन् । ८१ वर्षका माइकल मानको फिल्म ‘फरारी’ रिलिज भएको थियो । तर उनको फिल्म मनोनयनमा परेन । ७८ वर्षका विम वेन्डर्सले आफ्नो फिल्म ‘परफेक्ट डेज’लाई सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिल्मका लागि प्रदर्शन गरेका छन् ।
 
फिल्म निर्माता मार्टिन स्कोर्सेसी ८१ वर्षका छन् । उनी आफ्नो फिल्म ‘किलर्स अफ द फ्लावर मून’का लागि ‘वेस्ट निर्देशक’को विधामा मनोनित भएका छन् । ‘म हरेक कुराका लागि उत्सुक छु । मलाई लाग्छ कि हाम्रो उत्सुकता त्यो चिज हो, जुन हामीलाई राम्रो कुरा पाउन प्रेरित गर्छ । यस्तो कुरामा जिज्ञासा पनि बन्छ । जब तपाईं केही काम गर्नुहुन्छ, तब त्यो राम्रो गर्नका लागि प्रयास गर्नुहुन्छ । त्यसकारण यो कुरामा पनि मेरो उत्सुकता बनिरहन्छ,’ उनले भनेका छन् ।
 
यद्यपि फिल्म निर्माताको एउटा पुस्ता यस्तो पनि छ कि उनीहरुलाई लाग्छ फिल्म त्यो बेलासम्म बनाउनु, जबसम्म त्यो राम्रो हुन्छ । नराम्रो फिल्म नबनाउनु भन्ने उनीहरुको सोच हुन्छ । ९० को दशकका ६० वर्षे निर्देशक क्वेन्टिन टारनटिनो आफ्नो १० औं फिल्म अन्तिम फिचर फिल्म हुने बताउँछन् ।
 
‘म आफ्नो फिल्मलाई नराम्रो फिल्मसँग कमजोर बनाउन चाहन्नँ । मेरो काम मनोरञ्जन गराउनु हो र चाहन्छु कि मेरा दर्शक मबाट अझ राम्रा फिल्म हेर्न चाहुन् । साथै हामी प्रतिफलका लागि काम गर्दैनौं,’ क्वेन्टिनले भनेका छन् ।