सामाजिक सञ्जालबाट ठगी गर्ने चार पक्राउ
-आस्था न्यूज
फागुन २०, २०८० काठमाडौं ।
सामाजिक सञ्जालमार्फत ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुक, ह्वाट्एप, भाइवर, इमो लगायतका सामाजिक सञ्जालहरुबाट साथी बनाएर कुराकानी गर्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वर बस्ने सर्लाहीको विष्णु गाउँपालिका-४ का २१ वर्षीय आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, भक्तपुरको गठ्ठाघर बस्ने बाराको कलैयाका २२ वर्षीय रामसेवक राम र पर्साको वीरगंज–१५ का २४ वर्षीय आकाश साह सोनारलाई पक्राउ परेका हुन् ।
उनीहरुले जमजम इलेक्ट्रोनिक्स लगायतका नाममा फेसबुक पेज खोलेर म्यासेन्जर र ह्वाट्सएपबाट अडियो तथा भिडियो कल गरि आकर्षक गिफ्ट दिने भन्दै पाँच जनाबाट ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जना जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन् ।