साफ यू-१६ महिला फुटबलः नेपाल र भारतबीच खेल हुँदै
-आस्था न्यूज
फागुन २१, २०८० काठमाडौं ।
राजधानीमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल र भुटान दुवै टिम पहिले जितको खोजिमा छन् ।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० को हार व्यहोरको थियो भने भुटान भारतसँग ७–० ले स्तब्ध भएको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत समूह चरणमा एकले अर्कासँग खेलेपछि शीर्ष २ टिमले उपाधि भिडन्त गर्ने छन् । नेपालले समुह चरणको अन्तिम खेलमा बिहीबार भारतसँग खेल्ने छ । यस्तै, मंगलबार भारत र बंगलादेश आमने सामने हुँदा, शुक्रबार भने बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।