Trending :
 

रातु नदीमा तत्काल उत्खनन रोक्न आदेश

फाल्गुण २१,२०८०

-आस्था न्यूज

फागुन २१, २०८० काठमाडौं ।
सर्वोच्च अदालतले महोत्तरी र धनुषा भएर बग्ने रातु नदीमा तत्काल उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको आइतबारको इजलासले रातु नदीबाट अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा उत्खननका कारण वातावरणमा प्रतिकूल असर परेको ठहर गर्दै तत्काल उत्खनन रोक्न भनेको हो ।
 
साथै, बर्दिवास नगरपालिकासहित विपक्षीलाई १८ चैतभित्र सर्वोच्चमा हाजिर हुन भनिएको छ । 
 
‘स्वस्थ र स्वच्छ वातावरण, स्वच्छ जीवन र मानव अधिकारको आधार रहेको सन्दर्भमा नदीजन्य पदार्थको अनियन्त्रित दोहन हुँदा वातावरणीय हानि हुन जाने र त्यसले मानव अधिकारको उपभोगमा पार्ने प्रतिकूल असर र हालको दोहनबाट उक्त ९रातु० नदीमा निर्माण गरिएका तटबन्धमा समेत क्षति पुग्ने गएको अवस्थालाई दृष्टिगत गर्दा यस्तो कार्य तत्काल रोक्न आवश्यक देखिएकाले अन्तरिम आदेशका विषयमा टुंगो नलागेसम्मका लागि उत्खननको कार्य तत्काल रोक्नू,’ अल्पकालीन आदेशमा भनिएको छ ।